Section 11
परिषद्को कोष
(१) परिषदको एउटा छुट्टै कोष हुनेछ ।
(२) परिषदको कोषमा देहायका रकमहरू रहनेछन्
(क) नेपाल सरकारबाट प्राप्त अनुदान रकम,
(ख) कुनै विदेशी सरकार वा अन्र्तराष्ट्रिय संस्थाबाट प्राप्त हुने अनुदान रकम,
(ग) अनुसन्धान कार्य वा परामर्श सेवा गरे गराए वापत प्राप्त हुने रकम,
(घ) अन्य स्रोतबाट प्राप्त रकम ।
(३) विदेशी सरकार वा अन्र्तराष्ट्रिय संस्थाबाट अनुदान दिंदा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(४) परिषद्लाई प्राप्त हुने सबै रकम नेपालभित्रको कुनै बाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(५) परिषद्द्वारा गर्नुपर्ने सबै खर्चहरू उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।